माओवादी नेता मातृका यादवका भाई कारीराम सबैलाको मेयरमा विजयी


जनकपुरधाम । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री मातृका प्रसाद यादवका भाई कारीराम यादव धनुषाको सबैला नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् ।

माओवादीबाट मेयरमा निर्वाचित यादवले ४२१२ मत ल्याएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका जगत सुन्दर शाह ४०७६ मत पाएका छन् ।

यस्तै उपमेयरमा माओवादीकै रहिमा खातुन ४६९९ मत ल्याएर विजयी भएकी छन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेकी किरण कापर ३६०४ मत ल्याइन् ।

१८ पालिका रहेको धनुषामा सबैलाका मेयर र उपमेयर जितेर माओवादीले खाता खोलेको छ । ०७४ को निर्वाचनमा सबैलामा नेपाली कांग्रेसले मेयर र उपमेयर जितेको थियो ।

प्रकाशित : २०७९ जेष्ठ ७, शनिबार १२:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ