मधेस : अभद्र व्यवहार गरेको भन्दै म्यादी प्रहरी आन्दोलित, यसरी गरे ढुंगामुढा


वीरगञ्ज । स्थानीय तह निर्वाचनका लागि खटाईएका म्यादी प्रहरीमाथि अभद्र व्यावहार भएको भन्दै बारामा म्यादी प्रहरी आन्दोलित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत असई रवीकुमार साह तेलीले अभद्र व्यवहार गरेको म्यादी प्रहरीहरुको आरोप छ ।

उनीहरुले जिल्ला प्रहरी कार्यालय बारा अगाडिको सडक अवरुद्ध गरी प्रदर्शन समेत गरेका थिए । आक्रोशित म्यादी प्रहरीको भिडले जिल्ला प्रहरी कार्यालय परिसरमा ढुंगामुढा समेत गरेका छन् ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले म्यादी प्रहरीमाथि अभद्र गर्ने असईलाई आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएपछि घटना साम्य भएको छ ।

म्यादी प्रहरीलाई निर्वाचन सम्पन्न भएपनि कडा डयुटी खटाउने, गाली गलौज गर्ने र अभद्र ब्यबहार गर्ने काम प्रहरीबाटै भएकोले आन्दोलनमा उत्रन बाध्य भएको एक म्यादी प्रहरीले बताए ।

प्रकाशित : २०७९ जेष्ठ ७, शनिबार १३:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ