एमाले सचिव रघुवीर महासेठको क्षेत्रमा एमाले ‘पत्तासाफ’ !


जनकपुरधाम । नेकपा एमालेका सचिव रघुवीर महासेठको गृहजिल्ला धनुषाका मिथिला बिहारी नगरपालिकामा एमालेले नराम्रोसँग हार व्यहाेरेकाे छ । ​

एमालेलाई हराउँदै मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।कांग्रेसका राजेन्द्रप्रसाद यादवले ४ हजार ३ सय ४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी एमालेका निवर्तमान मेयर अनिलकुमार यादवले ४ हजार ४९ मत मात्रै ल्याए ।

त्यस्तै, माओवादीका सूर्यनारायण मण्डलले ३ हजार ७ सय ४५ मत प्राप्त गरेका छन् । त्यस्तै,उपमेयरमा माओवादीकी शोभादेवी साहले ३ हजार ३ सय ३० मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम नेकपा एकीकृत समाजवादीकी अनिता कुमारीले २ हजार ७ सय ९७ मत प्राप्त गरेकी छन् ।

नगरपालिकाको वडा नम्बर १, ४ र १० मा कांग्रेसले जित्दा २, ३ र ७ मा माओवादी, वडा नम्बर ५, ६, ८ मा जसपा नेपाल र वडा नम्बर ९ मा स्वतन्त्र उम्मेदवार निर्वाचित छन् ।

मधेशमा एमालेमा प्रभु साह फ्याक्टरले थप बल पुगेको अनुमान गरिरहेका बेला केन्द्रका हाइप्रोफाइल व्यक्तित्वकै गृहनगरमा पार्टीले पराजय भोग्नु यसै पनि अर्थपूर्ण रहेको छ ।

प्रकाशित : २०७९ जेष्ठ ७, शनिबार १३:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ