गोलबजार नगरपालिका १३ को वडाध्यक्षमा ३६४ मतान्तरले महतो विजयी


टुडेखोज, लहान । सिरहाको गोलबजार नगरपालिका १३ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार नन्द कुमार महतो निर्वाचित भएका छन् ।

महतो ३६४ मतान्तरले सान्दार जित निकालेका हुन् । उनले ९९६ मत पाउँदा निकटम प्रतिस्पर्धीहरु जनता समाजवादी पार्टी (जसपा)का लक्ष्मी नारायण सिंह कोईरीले ६३२ मत पाएका छन् ।

लामो समयदेखि कांग्रेसमा सक्रिय महतो ईमानदार छविका नेता मानिन्छ । उनी विजयी भएपछि वडाबासी खुशी छन् । वडाध्यक्ष महतोले जनताको आकांक्षा बमोजिम काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

उक्त वडाको सदस्यहरुमा नेपाली कांग्रेसकै रामप्रसाद पासवान, सुरेन्द्र यादव, पारनदेवी दनुवारनी र सितादेवी पासवान निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : २०७९ जेष्ठ ७, शनिबार २०:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ