Breaking- खाना पकाउने ग्यासको मूल्य २०० बढ्यो, हेर्नुस् कति पुग्यो


काठमाडौं । नेपाल आयल निगम पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा वृद्धि गरेको छ ।

निगमले खाना पकाउने ग्यासको मूल्य २०० ले बढाएर १८०० पुर्‍याएको छ । नयाँ मूल्य आइतबार राति १२ बजेबाट लागू हुनेछ ।

पेट्रोल, डिजेल र मट्टितेलमा पनि मूल्यवृद्धि भएको छ ।निगमले प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्दै पेट्रोलको मूल्य १८० पुर्‍याएको हो ।

यस्तै डिजेल, मट्टितेलको मूल्य पनि बढेको छ । डिजेल, मट्टितेल अहिले १६३ पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।

प्रकाशित : २०७९ जेष्ठ ८, आईतवार २१:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ