विजय उत्सव मनाउन रुपनी गाउँपालिकाले दियो सार्वजनिक बिदा


राजविराज । सप्तरीको रुपनी गाउँपालिकाले विजय उत्सव मनाउन सोमबार सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशमा पालिका क्षेत्रभित्रका सरकारी संस्था, शिक्षण संस्था र स्वास्थ्य संस्थामासमेत बिदा दिइएको हो ।

प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीले जारी गरेको बिदाको सूचनामा ‘विजयी उत्सव मनाउन गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष दिनेश कुमार यादवको आदेशानुसार जेठ ८ गते सोमबार गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय, शिक्षण संस्था, संघ संस्था र स्वास्थ्य संस्थाहररूमा सार्वजनिक बिदा दिइएको’ उल्लेख छ ।

मधेस प्रदेशमा निर्वाचनको मतपरिणाम सार्वजनिक भई निर्वाचित भएपछि विजय उत्सव मनाउन अन्य कुनै स्थानीय तहले सार्वजनिक बिदा दिएको छैन् ।

प्रकाशित : २०७९ जेष्ठ ९, सोमबार ११:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ