सक्कली सुनको नमुना देखाएर इँटा विक्री गर्न खोज्ने गिरोहका ५ जना पक्राउ


काठमाडौं । दाङ प्रहरीले नमुना सक्कली सुन देखाएर इट्टा विक्री गर्न खोजेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।

उनीहरूले सस्तो मूल्यमा सुन विक्री गर्न लागेको भन्दै नमुनाका रूपमा सक्कली सुन देखाएको तर पछि विक्री गर्ने वस्तु माटोको इँटा रहेको प्रहरीको दाबी छ ।

दाङ प्रहरीका अनुसार आइतबार साँझ उक्त गिरोहले दाङको तुलसीपुर उपमहानगरपालिका ६ तुलसीपुरस्थित एकान्त होटेलमा सर्वसाधारणलाई ठगी गर्न लागेका थिए ।

प्रहरीले दाङको राजपुर गाउँपालिका-६ का २६ वर्षीय राजकुमार बुढा, २४ वर्षीय प्रकाश खड्का र दार्चुलाको ब्यास गाउँपालिका-२ का २३ वर्षीय सुरेन्द्रसिंह धामी रहेका छन् ।

सल्यानको शारदा गाउँपालिका १ की ४९ वर्षीया सावित्रा बुढाथोकी र सल्यानकै कुमाख गाउँपालिका-१ की ३० वर्षीय गीता बुढा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७९ जेष्ठ ९, सोमबार १७:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ