जनकपुरमा चमत्कार : स्वतन्त्र उम्मेदवार मनोज साह विजयी


काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साह सुडी विजयी भएका छन् ।

घण्टाघर चुनाव चिह्नबाट निर्वाचन लडेका साहले १३४६५ मत पाए । यस्तै एमालेका शिवशंकर साहले ९५३२ मत पाए ।

लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ५३६० मत ल्याउँदा जनता समाजवादी पार्टीका लालकिशोर साहले ५१९४ मत पाए ।

अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ४२९० मत पाए भने, स्वतन्त्रबाट नै मेयर लडेकी जानकारी राम साहले २०७२ मत पाइन् ।

उपमेयर तर्फ नेपाली कांग्रेसकी किशोरी साहले १५५२५ मत पाएर विजयी भइन् । एमालेकी रुणादेवी झाले १०८८५ मत पाइन् ।

प्रकाशित : २०७९ जेष्ठ ९, सोमबार २०:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ