नवराजपुर-१ का नवनिर्वाचित वडाध्यक्षले सुरु गरे काम


सिरहा । नवराजपुर गाउँपालिका -१ का वडाध्यक्ष नविन कुमार यादव निर्वाचित भएको विहानपल्टैबाट वडाको काम थालेका छन् ।

उनले नवराजपुर १ का रामकुमार यादवलाई मधेशी प्रमाणितमा शिफारिस गरेर काम सुरु गरेका हुन् । वडाध्यक्षको उम्मेदवारी दर्ता भएपछि मत माग्ने क्रममा मतदातालाई बाचा गरे अनुसार आफूले जनताको हरेक समस्यालाई आफ्नो समस्या बुझेर कामलाई सरल र सहज बनाउन लागि परेको बताए ।

जसपा र नेकपा एकीकृत समाजवादी गठबन्धन जसपाबाट उम्मेदवार बनेका यादव वडामा एमालेका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

चुनाव जितेलगत्तै काममा खटिएको वडाध्यक्ष यादवले वडाका जनताहरुका लागि मालपोत, जन्मदर्ता र घरबाटो बाहेक वाडाबासीको हरेक सिफारिस नि:शुल्क उपलब्ध गराउने प्रतिबद्धता समेत गरेका छन् ।

प्रकाशित : २०७९ जेष्ठ १०, मंगलवार ०६:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ