मधेसमा एमालेको अर्को जित, सिरहा गोलबजारको मेयरमा श्यामकुमार निर्वाचित


काठमाडौं । सिरहाको गोलबजार नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

एमालेका उम्मेदवार श्यामकुमार श्रेष्ठ माओवादीका उम्मेदवार देवनाथ साहलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । श्रेष्ठले ७,९०८ प्राप्त गरे भने साहले ५,७०१ पाए ।

त्यस्तै उपमेयरमा पनि एमालेकै उम्मेदवार निर्वाचित भएकी छन् । एमालेकी मान्ती साहले ७,७०३ ल्याएर माओवादीकी रेशमकुमारी थापालाई पराजित गरेकी हुन् । साहले ५,६४३ मत प्राप्त गरिन् ।

प्रकाशित : २०७९ जेष्ठ १०, मंगलवार ०७:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ