गरिब परिवारलाई परिचयपत्र दिने घोषणा


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गरिब नेपाली नागरिकलाई परिचयपत्र दिइने बताएकी छन् ।

मंगलबार संघीय संसद्मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले आर्थिक विकास र गरिबी निवारणका लागि सहकारी र रोजगारीसँग सम्बन्ध स्थापित गरी पहिचान गरिएका गरिब परिवारलाई परिचयपत्र प्रदान गरिने बताइन् ।

उनले नेपालीले विदेशमा आर्जन गरेको आर्य र शिपलाई रोजगारी र स्वरोगजारी निर्माण गर्न प्रत्साहन दिने पनि बताइन् । प्रदेश र स्थानीय तहमा वस्तुगत आधारमा समन्वय गरी स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्दै अर्थतन्त्रलाई सबलीकरण गरिने उनको भनाइ छ।

विप्रेषणको सही उपयोग गरिने, सार्वजनिक खर्चलाई नतिजामूखी बनाइने र नतिजामा आधारित विकास सम्बन्धी छुट्टै व्यवस्था गरिने उनले बताएकी छन् ।

प्रकाशित : २०७९ जेष्ठ १०, मंगलवार १६:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ