Breaking- अभिनेता सलमान खान नेपाल नआउने


काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम रद्द भएको छ ।

आयोजकले सलमान खान लगायत टिमको माग पुरा गर्न नसकेका कारण उनको कार्यक्रम रद्द भएको हो । आयोजकले सलमान खान आउनेबारे औपचारिक जानकारी विज्ञप्तिमार्फत दिइने जनाएको छ ।

जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ कार्यक्रममा अभिनेता खान आउने कार्यक्रम तय भएको थियो ।

प्रकाशित : २०७९ जेष्ठ १०, मंगलवार १७:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ