बिदेह नगरपालिकाका मेयर दास र उपमेयर झाद्वारा पदभार ग्रहण


बिपिन यादव, जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयर र उपमेयरले आज पदभार ग्रहण गरेका छन् ।

मेयर बेचन दास र उपमेयर आशादेवी झाले पदभार ग्रहण गरेकी हुन् । आज जनकपुरमा मेयर दासले पद तथा गोपनियताको शपथ लिएका थिए ।

त्यसपछि मेयर दास नगरपालिका पुगेर उपमेयर झा, वडाध्यक्षहरु र वडा सदस्यहरुलाई शपथ ग्रहण गराए । लगत्तै मेयर दास, उपमेयर झा र वडाध्यक्षहरु पदभार ग्रहण गरेका छन् ।

मेयर दासले सुत्केरी तथा गर्भवती महिलालाई पोषण भत्ता दिने निर्णय गरेका छन् ।

प्रकाशित : २०७९ जेष्ठ १०, मंगलवार २०:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ