मधेसको सांसदबाट राजिनामा दिएर मेयरमा भिडेका आजाद पराजित


जनकपुरधाम । मधेस प्रदेशको सांसद पदबाट राजीनामा दिएर मेयरमा चुनाव लडेका शेख अबुलकलाम आजाद पनि पराजित व्यहोरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा)बाट आजाद रौतहटको गढीमाई नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । उनलाई नेपाली कांग्रेसका श्याम प्रसाद यादव पराजित गरेका हुन् ।

यादवले ८ हजार ६३१ मत ल्याउँदा आजादले ८ हजार ७३ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आजाद ०७४ को निर्वाचनमा स्वतन्त्रबाटै प्रदेश सांसदमा विजयी भएका थिए । लोकप्रियताका कारण प्रदेश सांसद बनेका उनी जसपामा प्रवेश गरेका थिए । तर सांसदबाट राजिनामा दिएर मेयरमा भिडेपनि जित हासिल गर्न सकेनन् ।

प्रदेश सांसदबाटै राजिनामा दिएर सर्लाहीको गोडैत नगरपालिकाको मेयरमा चुनाव लडेका नेपाली कांग्रेसका उपेन्द्र कुशवाहा पनि पराजित भइसकेका छन् ।

प्रकाशित : २०७९ जेष्ठ ११, बुधबार ०९:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ