खेतमा माटोमुनि लुकाएको २५ लाख भारतीय रुपैयाँ र सुनका पोका भेटियो


कैलाली । जिल्लाको बर्दगोरिया गाउँपालिका ४ सुन्दरपुर २५ लाख बढी भारतीय रुपैयाँ र सुन बरामद भएको छ ।

सो ठाउँका दुर्गा चलाउनेको घरनजिक खेतमा र घोडाघोडी नगरपालिका ८ का लालबहादुर थापाको घरनजिक खाडलमा लुकाएर राखेको अवस्थामा नगद र सुन बरामद गरिएको हो ।

भारतको विभिन्न स्थानबाट चोरी भएको २५ लाख ६८ हजार भारतीय रुपैयाँ र सुन फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित : २०७९ जेष्ठ १३, शुक्रबार ०६:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ