भरतपुरकी मेयर दाहाल चढेको गाडी दुर्घटना


काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ ।

बहिनी गंगाका अनुसार ललितपुरको जावलाखेलमा दाहाल सवार गाडी टायर पन्चर भएर पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा दाहाललाई टाउकोमा सामान्य चोट लागेको गंगाले बताइन् । ‘त्यस्तो ठूलो चोट होइन, सुमेरु अस्पतालमा सामान्य उपचारपछि हामी घर जाने तयारीमा छौं,’ उनले भनिन् ।

दाहाल भरतपुरको मेयरमा पुन: निर्वाचित भएपछि काठमाडौं आएकी हुन् । उनी केही दिनयता खुमलटारमा बस्दै आएकी छन् ।

प्रकाशित : २०७९ जेष्ठ १३, शुक्रबार १६:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ