बरियारपट्टीका अध्यक्षको ९ लोकप्रिय निर्णय- विपन्नको मृत्यू भए किरिया खर्च पनि १० हजार दिने


धर्मेन्द्र पासवान, सिरहा । मधेश प्रदेश स्थित सिरहाको दक्षिणी सिमावर्ती बरियारपट्टी गाउँपालिका नव निर्वाचित अध्यक्ष संतोष कुमार महतोले शुक्रबार पदभार ग्रहण गरेका छन् ।

गत २०७४ स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका अध्यक्ष महतो २०७९ को स्थानीय तहको निर्वाचनमा पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि अध्यक्ष पदको पदभार ग्रहण गरेका छन् ।

पहिलो कार्यकालमा बरियारपट्टी गाउँपालिकाको जनताको मनोभावना बमोजिम काम गरेकोले आफुले दोस्रो पटकको लागि अध्यक्ष भइ जनताको सेवा गर्ने मौका पाएको अध्यक्ष महतोले बताए ।

उनले बरियारपाट्टीमा गाउँपालिकामा पहिलो कार्यकालमा पूरा गर्न नसकेका कार्यहरू गर्ने लकसरी राखेका छन् । पदभार ग्रहण गरेकै दिन महतोलो गाउँपालिकाकामा रहेका दलित, विपन्न परिवारलाई किरिया खर्च बापत तत्काल रु. १० हजार उपलब्ध गराउने निर्णय गरेका छन् ।

अध्यक्ष महतोका अनुसार अब गाउँपालिकामा दलितलाई मात्र नभएर विपन्न परिवारका कक्षा ११/१२ मा अध्यक्षरत छात्रछात्रालाई निःशुल्क शिक्षाको व्यवस्था मिलाउने भएका छन् ।

त्यसैगरि मधेशको सबैभन्दा विकराल समस्या रहेको दानवरुपी दाइजो प्रथा उन्मुलन तथा दाइजोबाट हुने विभिन्न किसिमको घरेलु हिंसाहरु न्यूनिकरण गर्न छोराछोरीको लागि नौलो बिमा अन्तर्गत रु. ५० हजार सम्मको छोरी बिमा कार्यक्रम संचालन गरिने भएका छन् ।
गाउँपालिकाका सहुलियतका लागि दलित, गरिब तथा विपन्न परिवारका लागि मालपोत बाहेक जन्म दर्ता, मृत्यु दर्ता, बिवाह दर्ता र बसाइँसराइ दर्ता लगायत अन्य सिफारिसका लागि नि:शुल्क गरिने व्यवस्था मिलाएका छन् ।

गाउँपालिकामा अधिकांश परिवारको जीवन कृषिसंग जोडिएकोले स्तर उन्नती गर्न, कृषि उत्पादनमा वृद्धिका लागि नि:शुल्क विद्युत सिँचाइ उपलब्ध गराउनेछ । आर्थिक हैसियतलाई मध्य नजर राख्दै दलित परिवारको साथै विपन्नका लागि जिल्ला भरी एम्बुलेन्स सेवा नि:शुल्क गरिने वयवस्था मिलाएका छन् ।

विपन्न र गैर दलित परिवार बाहेकका लागि ५० प्रतिशत सहुलियत दिने पनि निर्णय गरेको छ । मानव जीवनका लागि गाँस, वास र कपास पछि नभइ नहुने कुरा हो स्वास्थ्य । स्वास्थ्य क्षेत्रलाई विशेष रूपमा लिइ गाउँपालिकाका दीर्घ रोगीहरुलाई निः शुल्क औषधी वितरण गरिने भएका छन् ।

दलित वर्ग उत्थानका लागि निः शुल्क स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन गरिने र सबै वर्गमा गुणस्तरीय शिक्षा पहुँचका लागि विज्ञहरुसँग छलफल गरी स्वंमसेवक शिक्षक व्यवस्था मिलाई शिक्ष क्षेत्रलाई प्रभाकारी बनाउने जस्ता निर्णय पहिलो दिन लिइएका छन् ।

त्यस्तै न्यायमा पहुँचका लागि न्याय क्षेत्र व्यवस्थापन, महिला सशक्तीकरण र द्धन्द्ध व्यवस्थापन गरी गाउँपालिकालाई शान्ति क्षेत्र विकासका लागि उपध्यक्षले पनि आफ्ना निर्णयहरु सार्वजनिक गरेका छन् ।

निर्णयका विभिन्न सरोकारवालाहरुले स्वागत गर्दै सफल कार्यन्वयनका शुभकामना पनि व्यक्त गरेका छन् ।
अध्यक्ष र उपध्यक्षलाई पद सम्बन्धी कार्य जिमेवारी जानकारी गराउँदै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रंजित अधिकारीले पदभार ग्रहण गराएका थिए ।

प्रकाशित : २०७९ जेष्ठ १४, शनिबार ०८:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ