राष्ट्रपति भण्डारीद्वारा ८ सय ३४ कैदीको सजाय मिनाहा


काठमाण्डाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८ सय ३४ जना कैदीको कैद सजाय मिनाहा गरेकी छन् ।

गणतन्त्र दिवसका अवसरमा ती कैदीको सजाय माफी गरिएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेकी छन् ।

असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसहित २ सय ७१ जना र नरबहादुर साँवासहित ५ सय ४७ तथा उमाकान्त पराजुलीसहित १६ जनालाई यही जेठ १५ गतेदेखि कैद माफी मिनाहा भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गणतन्त्र दिवस–२०७९ भोलि मनाइँदैछ ।

प्रकाशित : २०७९ जेष्ठ १४, शनिबार ०८:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ