निजगढ विमानस्थल बनाउन रोक लगाएको खुसीयालीमा र्‍याली


काठमाडौं । सर्वोच्च अदालतले निजगढ विमानस्थल बनाउन रोक लगाएको खुसीयालीमा वातावरण प्रेमीहरूले र्‍यालीको आयोजना गरेका छन् ।

निजगढ विमानस्थलको निर्माणमा रोक लगाएर पर्यावरण जोगाएको भन्दै प्यान नेपालको आयोजनामा सो र्‍याली गरिएको हो ।

बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण प्रक्रिया रोक्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको थियो ।

अदालतको बृहत पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सबै प्रक्रिया बन्द गरी विकल्प खोज्न सरकारलाई भनेको छ ।

शनिबार नै सर्वोच्च अदालतको आदेशको विरोधमा माइतीघर मण्डलामा निजगढवासीले ​विरोध कार्यक्रमको आयोजना गरेका थिए ।

प्रकाशित : २०७९ जेष्ठ १४, शनिबार १९:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ