अब साढे ५ लाखसम्मको आम्दानीमा मात्र १% कर लाग्ने !


काठमाडौं । सरकारले जागिरेका लागि पनि राहत दिने भएको छ । आय करको सीमा वृद्धि गरेर सरकारले राहत दिन खोजेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेटमार्फत आयकरको सीमा वृद्धि गरिएको घोषणा गर्ने छन् ।

आयकरको सीमा एक लाख रुपैयाँ बढ्ने छ । अहिले एकललाई चार लाख र दम्पतीलाई साढे चार लाखसम्म एक प्रतिशत कर लाग्छ । त्यसभन्दा माथि १०, २०, ३० हुँदै ३६ प्रतिशतसम्म करको व्यवस्था छ ।

आय करको सीमा एक लाख वृद्धिपछि एकलले ५ लाखसम्म र दम्पतीले साढे ५ लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत मात्र कर तिरे पुग्छ । माथिल्लो तहमा लाग्ने आय करको सीमा पनि क्रमश: एक लाख रुपैयाँका दरले बढाइएको स्रोतको दाबी छ ।

राजनीतिक तहबाट सात लाखको आयसम्म १ प्रतिशत मात्र कर लगाउन दबाब आएको थियो । एकै पटक धेरै छुट दिँदा राजस्वमा भ्वाङ पर्ने भन्दै कर्मचारीस्तरबाट एक लाख मात्र सीमा बढाउन सुझाव आएको थियो ।

प्रकाशित : २०७९ जेष्ठ १५, आईतवार ०९:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ