दुःखद् खबर : नदीमा नुहाउन गएका २ बच्चाको डुबेर मृत्यू


कैलाली । कैलालीमा दुःखद घटना घटेको छ । नदीमा डुबेर दुई बालकको मृत्यु भएको हो ।

धनगढी उपमहानगरपालिका ३ मा पर्ने मोहना नदीको चटकपुर(राजघाट जोड्ने पुलमुनि पौडी खेलिरहेका दुई बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका ३ का साढे ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता छन् । उनीहरु डुबेको नदीमा अहिले ठूलो भीड लागेको छ ।

प्रकाशित : २०७९ जेष्ठ १५, आईतवार १४:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ