उखु किसानलाई ८१ करोड अनुदान दिने घोषणा


काठमाडौं । उखु किसानलाई अनुदान उपलब्ध गराउन सरकारले ८१ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माका अनुसार नेपाल सरकारले उखु किसानलाई उपलब्ध गराउने अनुदान रकम उखु क्रसिङ गरेकै वर्ष उपलब्ध गराइनेछ । साथै उखुको जातिय विकास गर्न उखु अनुसन्धान कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्नेछ ।

उनले भने, ‘चिनी उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन उखु बालीका अतिरिक्त सुगर बिड्स समेतको उत्पादन गर्न कार्यक्रम सञ्चालन गर्नेछ ।’

प्रकाशित : २०७९ जेष्ठ १५, आईतवार १६:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ