बजेट २०७९/०८० : प्रदेश र स्थानीय तहले केन्द्रबाट कति रुपैयाँ पाउँछन् ?


काठमाडौं । आर्थिक वर्ष २०७९/०८० मा वित्तिय वित्तिय समानिकरण तर्फ प्रदेशले ६१ अर्ब ४३ करोड र स्थानीय तहले १ खर्ब २३ करोड पाउने भएका छन् ।

आइतबार संसदमा आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सशर्त अनुदान तर्फ प्रदेशलाई ५७ अर्ब १७ करोड र स्थानीय तहलाई १ खर्ब ८३ अर्ब ७२ करोड गरी जम्मा २ खर्ब ४० अर्ब ९८ करोड विनियोजन गरेको पनि जानकारी दिएका छन् ।

त्यस्तै प्रदेश तथा स्थानीय तहलाई पूर्वाधारसम्मबन्धी आयोजनामा कार्यान्वयन गर्न समपूरक अनुदानस्वरुप ६ अर्ब ३० करोड र ७ अर्ब २७ करोड विनियोजन गरेको छ भने विशेष अनुदानतर्फ ४ अर्ब ५६ करोड र ९ अर्ब १४ करोड विनियोजन गरिएको छ ।

अर्थमन्त्री शर्माले राजस्व बाडफाटबाट प्रदेश र स्थानीय तहमा १ खर्ब ६३ अर्ब ३ करोड रकम हस्तान्तरण हुने अनुमान रहेको बताएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ १५, आईतवार १६:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ