निजगढ विमानस्थल : सर्वोच्चले निर्माण रोक्यो, सरकारले निर्माणका लागि बजेट छुट्यायो


काठमाडौं । सर्वोच्च अदालतले निर्माण कार्य रोक लगाएको बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विमानस्थल निर्माणका लागि ढाँचा निर्माण गरी लगानी बोर्ड नेपालमार्फत आयोजना विकास कार्य अगाडि बढाइने बताए ।

साथै गौतमबुद्ध अन्तर्ष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याइने उनले बताए । त्यस्तै त्रिभुवन विमानस्थलको चापलाई व्यवस्थित गर्न ट्याक्सी वे थप्ने तथा दोस्रो टर्मिनल निर्माणका लागि २ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको पनि उनले बताए ।

हवाई तथा यात्रु चापको विश्षलेषणका आधारमा गौतम बुद्ध विमानस्थलको दोस्रो टर्मिनल भवनको निर्माण कार्य अगाडि बढाइने पनि मन्त्री शर्माले बताए । त्यसैगरी धनगढी विमानस्थलमा स्तरोन्नति गरी क्षेत्रीय विमानस्थल पनि बनाइन पनि सरकाले बजेट विनियोजन गरेको उनले बताए ।

प्रकाशित : २०७९ जेष्ठ १५, आईतवार १७:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ