अब घरजग्गा कारोबार गर्न लाइसेन्स लिनुपर्ने !


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट प्रस्तुत गर्दै घरजग्गा मूल्यांकन प्रणालीलाई एक रुपता ल्याउन केही नीतिगत ब्यवस्था गरिने बताएका छन् ।

घरजग्गा कारोबारलाई ब्यवस्थित गर्न लाइसेन्स लिएका कम्पनी र ब्यक्तिमार्फत मात्र कारोबार गरिने भएको छ । यो ब्यवस्था महानगर र नगरबाट सुरु गरिने भएको छ ।

सहकारी क्षेत्रको कुल लगानीको ५० प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने भएको छ । २०४९ अघि सञ्चालनमा रहेका सहकारी संस्थाबाट ऋण लिएकाहरुको ऋण मिनाहा गरिएको छ ।

प्रकाशित : २०७९ जेष्ठ १५, आईतवार १७:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ