मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका विरामीलाई सरकारले मासिक ५ हजार खर्च दिने


काठमाडाैं । सरकारले मिर्गौला प्रत्यारोपन गरेका तथा डाइलासिस गराइरहेका व्यक्तिहरूलाई औषधि उपचार खर्चका लागि मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिएको छ ।

अघिल्लो सरकारले यस्ता विरामीलाई उपचार खर्च दिने व्यवस्था गरेको थियो । त्यसैगरी, सबै किसिमका क्यान्सर रोग निदान भएका व्यक्ति र मेरुदण्ड पक्षघात भएका विरामीलाई पनि औधषी उपचार खर्च स्वरुप मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

शर्माले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्दै यस्ता विरामीलाई औषधी उपचार खर्च उपलब्ध गराउनको लागि १ अर्ब ५० करोड विनियोजन गरेको बताएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ १५, आईतवार १७:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ