रौँ भएको काखी देखाएर मात्रै यी मोडलले कमाइन् साढे चार करोड


एजेन्सी । ओन्लीफ्यानकी एक मोडलले आफ्नो रौँ भएको काखी देखाएर मात्रै आफूले दुई वर्षमा तीन लाख पाउन्ड (लगभग ४ करोड ७० लाख रुपैयाँ) कमाएको दाबी गरेकी छिन् ।

तर यसले आफ्नो यौ”न जीवन भने ध्वस्त पारेको उनले जिकिर गरेकी छिन् । ओन्लीफ्यान लण्डनस्थित इन्टरनेट सामग्री सदस्यता सेवा हो । कन्टेन्ट निर्माताहरुले आफ्नो सामग्रीको सदस्यता लिने प्रयोगकर्ताहरुबाट पैसा कमाउन सक्छन् ।

२८ वर्षकी फेनेला फक्सले सन् २०१७ देखि आफ्नो काखीको रौँ खौरन बन्द गरिन् । उनीप्रति पुरुषको अपेक्षामा विरोधमा उनले यस्तो गरेको बताइन् । केही पुरुषले काखीको रौँ ननिकाल्ने उनको निर्णयको समर्थन गरेका छन् भने कतिले उनलाई ‘फोहोरी’को संज्ञा दिएका छन् ।

पछिल्लो पाँच वर्षमा आफूले दुई पटक मात्रै यौ”न सम्बन्ध स्थापित गरेको उनले बताएकी छिन् । ‘सेभ गर्न छोडेपछि मेरो एकजनासँग सम्बन्ध स्थापित भयो । ती पुरुषले मेरो काखीको रौँमा चुम्बन गरे र मेरो महिला सशक्तिकरण मन परेको बताएका थिए,’ उनले भनिन्, ‘उनको यो शब्दले मलाई निकै सम्मान मिलेको महसुस भयो । त्यो अनुभव असाध्यै अप्रत्याशित थियो ।’

उनले थपिन्, ‘मैले त्यस्तो धेरै पुरुषहरु भेटेँ जसले मलाई म ‘उदेकलाग्दो, फोहोरी र अल्छी’को संज्ञा दिए । कतिले त मलाई मा”र्ने धम्कीसमेत दिए । कतिले म जीवनभर एक्लो हुने र कोही पनि केटा नपाउने घोषणा पनि गरिदिए ।’

‘म आफ्नो काखीको रौँमा निकै खुसी छु । अहिले मलाई यो खासै धेरै जस्तो पनि लाग्दैन तर यसले मलाई बढी से”क्सी भएको महसुस गराउँछ,’ उनले भनिन्, ‘आफ्नो काखीलाई सार्वजनिक स्थानमा माथि उठाउँदा मलाई गौरव महसुस हुन्छ विशेषगरी त्यतिबेला जब मजस्तै सोच्ने मानिस मेरा वरिपरि हुन्छन् ।’

फेनेलाको ठूलो स्तन भएका कारण उनलाई स्कूलमा धेरैले घुरेर हेर्ने गरेको उनी बताउँछिन् । उनले सन् २०१४ मा क्याम गर्लको रुपमा काम गर्न थालिन् । यहाँ उनले पुरुषलाई देखाउन त सक्थिन् तर कसैले पनि उनलाई छुन सक्दैनथे । त्यसपछि उनले ओन्लीफ्यान जोइन गरिन् ।

उनका परिवार उनको करियरमा निकै सहयोगी भएको पनि उनले बताइन् । मोडलले थपिन्, ‘म आफ्नो शरीरमा अति नै आत्मविश्वासी छु । यसका लागि मेरो कामलाई पनि धन्यवाद दिन चाहन्छु । यदि म नग्न हुने अवसर पाएँ भने म त्यो सहर्ष स्वीकार्नेछु ।’

प्रकाशित : २०७९ जेष्ठ १६, सोमबार १७:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ