कतारी राजकुमारी आश्माले गरिन् सगरमाथा आरोहण


काठमाडौं । कतारी राजकुमारी आश्मा विन्त थानी अल–थानी विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल भएकी छन् । यससँगै उनी सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिलाको कीर्तिमान कायम गरेकी छन् ।

राजकुमारी आश्माले सगरमाथाको दक्षिणतर्फबाट शुक्रबार बिहान ६:३० बजे आरोहण गरेको जानकारी दिएकी छन् । ‘सगरमाथा चढ्ने मेरो सपनाले मलाई जतिखेर पनि पछ्याइरह्यो । निदाउनुअघि र उठेपछि यसकै पछि लाग्ने बनायो’, सगरमाथाको सफल आहोरणपछि उनले फेसबुक स्टाटसमा लेखेकी छन्, ‘यो सपना पूरा गर्न त्यति सजिलो थिएन । र पूरा पनि भयो ।’

उनले ठूलो सपना देख्न संकोच नमान्न पनि सुझाव दिएकी छन् । ‘सपना देखेपछि त्यसलाई पूरा गर्ने हिम्मत आउँछ’, उनले भनिन् । कतार ओलम्पिक कमिटीले ८,८४९ मिटर अग्लो सगरमाथाको टुप्पोमा आश्माले कतारी झण्डा फरफराएको भन्दै खुसी व्यक्त गरेको छ ।

उनले सगरमाथा चढ्नुअघि कञ्चनजंगाको सफल आरोहण गरेकी थिइन् । उनीले ९ मध्ये ७ वटा हिमालमा सफल आहोरण भएको छ ।

प्रकाशित : २०७९ जेष्ठ १७, मंगलवार ०६:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ