वडाध्यक्ष महतोले गरे पदभार ग्रहण, ब्याचलर पढ्ने छात्राको खर्च वडाले तिर्ने घोषणा


टुडेखोज, लहान । सिरहाको गोलबजार नगरपालिका १३ का नवनिर्वाचित वडाध्यक्ष नन्दकुमार महतोले एक समारोहबीच पदभार ग्रहण गरेका छन् ।

उपमेयर मालतीदेवी साहको प्रमुख आतिथ्य र वडाका हजारौं जनताको उपस्थितिमा वडाध्यक्ष महतोले पदभार ग्रहण गरे । जनताले अमूल्य मत दिएर विजयी गराएकाले जनतालाई सर्वोपरी मानेर पदभार ग्रहण गरेको वडाध्यक्ष महतोले बताए ।

उनले चुनावको समयमा जनता समक्ष गरेको सबै वाचा पुरा गर्ने प्रतिवद्धता जनाए । शिक्षा र स्वाथ्य क्षेत्रमा व्यापक सुधारको आवश्यकता रहेको र आफूले प्राथमिकतामा राखेर काम गर्ने उनको भनाई छ ।

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष महतोले छात्रालाई उच्च शिक्षा हासिल गर्न आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । उनले भनेका छन्- ब्याचलर पढ्ने छात्राको पुरा खर्च वडाले तिर्ने व्यबस्था मिलाउछौं ।’

प्रकाशित : २०७९ जेष्ठ १७, मंगलवार १७:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ