बालेन साहले ओलीलाई भेटेको तस्बिर बन्यो भाइरल


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको तस्बिर सार्वजनिक भएको छ ।

मंगलबार एमालेका नेताहरुमार्फत ओली र साहबीच भेटवार्ताको तस्बिर सार्वजनिक गरिएको हो । उक्त तस्बिर अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।

ओली सचिवालयले बालेन केही दिनअघि नै ओलीलाई भेट्न बालकोट पुगेपनि मिडियामा यो विषय बाहिर ल्याइएको थिएन । सार्वजनिक तस्बिरमा सेतो कुर्ता पहिरिएका ओलीले सुट प्यान्टमा बालकोट पुगेका बालेनलाई स्वागत गरेर खादा लगाइदिएको देखिन्छ ।

बालेन स्वतन्त्रबाट उम्मेदवारी दिएर काठमाडौंको मेयर निर्वाचित भएका थिए । उनको निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सिर्जना सिंह रहेकी थिइन् भने एमालेबाट उम्मेदवार बनेका केशव स्थापित भने तेस्रो बनेका थिए ।

काठमाडौं महानगरपालिकाको उपमेयरमा भने एमालेबाट सुनिता डंगोल निर्वाचित भएकी थिइन् । बालेन र ओलीबीच बालकोटमा भएको भेटको तस्बिर सार्वजनिक भएपछि अनेक टिकाटिप्पणी भइरहेको छ ।

प्रकाशित : २०७९ जेष्ठ १७, मंगलवार २०:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ