सुपरस्टार ऐश्वर्या राय जस्तै देखिने यी सुन्दरीले मच्चाइन् तहल्का !


बलिउड सुपरस्टार ऐश्वर्या राय बच्चनसँग मिल्दोजुल्दो देखिएकी मराठी अभिनेत्री मानसी नाइक सामाजिक सञ्जालमा सबैको ध्यानाकर्षण गरिरहेकी छिन् ।

मानसीका धेरै तस्विर इन्टरनेटमा भाइरल भइरहेका छन् । यस्तो अवस्थामा धेरैलाई मानसीको लुक र अनुहार ठ्याक्कै त्यस्तै लाग्छ, जसरी ऐश्वर्या फिल्म इन्डस्ट्रीमा शुरुवाती दिनमा देखिएकी थिइन् ।

उनको तस्बिरमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘ऐश्वर्या जस्तो देखिन्छ । अन्य एक व्यक्तिले लेखेका छन्, ‘
‘ऐश्वर्याको राय बच्चनको हमसक्कल ।’

सन् २००५ मा आएको फिल्म ‘लकीः नो टाइम फर लभ’मा सलमान खानको अपोजिट देखिएकी अभिनेत्री स्नेहा उल्लालले पनि आफू ऐश्वर्याजस्तै देखिने धारणा राखेकी थिइन् ।

तर, मानसीको ऐश्वर्या जस्तो लुक उनको लागि फाइदाजनक हुन्छ कि हुँदैन त्यो भने समयले बताउनेछ । यतिबेला उनको चर्चाले सामाजिक संजाल तातेको छ ।

प्रकाशित : २०७९ जेष्ठ १८, बुधबार ०९:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ