लहानको हात्तीदहमा ‘सेल्फी ब्रिज’ निर्माण गरिदिने मेयर महेश चौधरीको घोषणा


टुडेखोज, सिरहा । लहान नगरपालिका १५ शोभापुरमा रहेको हात्तीदहमा ‘सेल्फी ब्रिज’ निर्माण गरिदिने नवनिर्वाचित मेयर महेश चौधरीले घोषणा गरेका छन् ।

पर्यटकीय स्थलको रुपमा चर्चित रहेको हात्तीदहमा लोभ लाग्दो दृश्य निर्माण रहेको सो स्थलमा थप आकर्षक बनाउँन सेल्फीब्रिज निर्माण गरिने मेयर चौधरीले बताए ।

हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्र लहान १५ शोभापुरले जेठ १८ गते आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मेयर चौधरीले लहानलाई चिनाउँने एउटा सुन्दरस्थल रहेकोले थप निर्माण कार्य गर्न लहान नगरपालिकाको दायित्व रहेको बताए ।

मेयर चौधरीले थप निर्माणको लागि मास्टरप्लान अनुरुप लहान नगरपालिका र प्रदेश तथा संघीय सरकारबाट बजेटको लागि सिफारिस गरिने बताए ।

सो कार्यक्रममा उपमेयर रामचरितर महतोले पर्यटकीय क्षेत्रलाई थप निर्माण गर्न गराउँन प्रदेश सरकारसँग समन्वय गर्ने बताएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ १९, बिहीबार ०९:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ