प्रेमीसंग विवाह गर्न यादवले अस्वीकार गरे २४ लाख रुपैयाँ, पढ्नुहोस् रोचक प्रेमकथा


मायाले धन देख्दैन । यदि साँचो माया छ भने प्रेमी र प्रेमिका आफ्नो मायाको अगाडि कसैको कुरा सुन्दैनन् । यस्तै एउटा सच्चा प्रेमीको कथा बिहारको नवादाबाट आएको छ ।

प्रेमीले आफ्नो इच्छा र घरपरिवारको इच्छाविपरीत बिहे मात्र गरेनन्, दाइजोमा पाएको २४ लाख रुपैयाँ पनि अस्वीकार गरे । बुवाले आफ्नो स्वेच्छाले अरु कतै बिहे गर्न चाहनुहुन्थ्यो तर मायाको अगाडि सबै कुरा ओझेलमा पर्‍यो ।

घटना नवादाको सिरदला थाना क्षेत्रको हो। यहाँ मन्दिरमा प्रेमी युगलले विवाह र दाइजोको लोभीलाई थप्पड पनि हानेका छन् । प्रेमी दम्पतीले सरपंच र प्रहरीको सामुन्ने बण्ड पेपरमा हस्ताक्षर गरेर विवाह गरे । त्यसपछि यो कुरा बाहिर आयो ।

प्रेमिका अकुना गाउँका कैलाशप्रसाद यादवकी छोरी संगीता कुमारी र कासियाडीह गाउँका विजयप्रसाद यादवका छोरा प्रमोदकुमार हुन् । दुई वर्षदेखि एकअर्कासंग उनीहरु प्रेममा थिए ।

युवक आफ्नी प्रेमिकासँग बिहे गर्न चाहन्थे तर बुबाले अर्कै ठाउँमा बिहे तय गरेका थिए । तिलकमा २४ लाख दिएर धूमधाममा बिहे गर्न चाहन्थे तर यो बिहे प्रमोदलाई मान्य भएन । उनले मानेनन् र अन्ततः दुवै प्रहरी चौकी पुगेर न्यायको याचना गरे ।

प्रेमी र प्रेमिकाको कुरा सुनेपछि सरपंचलाई प्रहरीले बोलायो । सरपंचले दुवै पक्षलाई बुझाएपछि प्रेमी–प्रेमिकाको मन्दिरमा विवाह गराए । प्रमोद एक निजी सिभिल इन्जिनियर हुन् ।

प्रकाशित : २०७९ जेष्ठ १९, बिहीबार १९:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ