Breaking : जनकपुर- जयनगर चल्ने नेपाली रेलमा आगो लाग्यो !


जनकपुरधाम । जनकपुर आउने तयार रहेको नेपाली रेलमा बिहीबार दिउँसो आगो लागेको छ ।

जयनगर स्टेसनबाट नेपाल आउने क्रममा रेलको एउटा डब्बामा आगो लागेको हो । नेपालमा प्रतिबन्ध लगाइएको एसिड पोखिएपछि रेलको एउटा डब्बामा आगो लाग्दा यात्रुबीच भागाभाग भएको थियो ।

नेपाल आउने बेलामा एसिड पोखिएर डब्बामा लागेको आगो तत्कालै नियन्त्रणमा लिइएको छ । प्रतिबन्धित एसिड बोकेका दुई जनालाई भारतीय प्रहरीले जयनगरमै पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको छ ।

नेपाल रेल्वे कम्पनीमा महाप्रबन्धक निरञ्जन झाका अनुसार जयनगर स्टेसनमा लागेको आगो निभाएर अहिले रेल जनकपुर आइसकेको छ ।

रेलमा आगो लागेर भएको क्षतिबारे एकीन भइनसकेको पनि झाले बताएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ १९, बिहीबार १९:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ