वाहीवाही पाइरहेका मेयर बालेन साहका समर्थकहरु किन आक्रोशित बने ? हेर्नुस्


काठमाडौं । पछिल्लो समय काठमाडौं महानगरका स्वतन्त्र मेयर बालेन्द्र साह सर्वाधिक चर्चामा छन् । उनले गरेका कामले वाहीवाही पाइरहेका छन् ।

बालेन्द्रले कार्यकालको सुरुवातमा जनताहरुलाई उत्साहित बनाइदिएका छन् तर पछिल्लो समय उनले चालेको यो कदमको उनका समर्थकहरुले आपत्ती जनाएका छन् ।

निर्वाचित भएलगत्तै अब आफ्नो अन्य सबै काम छाडेर सबै ध्यान काठमाडौं महानगरमा केन्द्रीत गर्ने बताएका थिए तर त्यसविपरित मेयर साहले रियालिटी शोमा निर्णायकको भूमिकालाई निरन्तरता दिने भएका छन् ।

यही कुरामा बालेनका समर्थक तथा शुभेच्छुकले बालेनप्रति जनताको ठूलो आशा गरेका कारण त्यसो गर्नु हुदैनथ्यो अहिले सबै ध्यान महानगरको काममा लगाउन पर्थथ्यो भन्दै आपत्ती जनाइरहेका छन् ।

काठमाडौंको मेयरमा निर्वाचित भएपछि पनि बालेनले र्‍याप गायनमा आधारित ‘नेपहपको श्रीपेच’ रियालिटी शोमा निर्णायक भूमिकामा निरन्तरता दिएको शोका निर्देशक निकेश खड्काले जानकारी दिए ।

उनले बालेन कार्यालयको काममा निकै व्यस्त भएता पनि शोमा निर्णायकको भूमिकालाई निरन्तरता दिएको बताए । ‘बालेन मेयरका रूपमा निकै व्यस्त हुनुहुन्छ,’ उनले भने, ‘आफ्नो कामको चटारोबाट केही घण्टा फुर्सद निकालेर शोमाको जजको भूमिका निर्वाह गर्नुभएको छ। उहाँ मेयर भइकन पनि एउटा एपिसोड छाँयाकन गरिएको प्रसारण गरिसकेको छ ।’

बालेनको व्यस्ततालाई ख्याल गर्दै सुटिङको समय सजिलो हुने गरी निर्धारण गरिएको उनले बताए । उनले कार्यक्रमको एग्रिमेन्टअनुसार नै बालेन निर्णायकको रूपमा निरन्तरता भएको बताए ।

शोको निर्णायक मण्डलमा मानस घले र गिरीश खतिवडा दुई र्‍यापर समेत छन् । ग्रान्ड फिनाले असार १४ गते हुने खड्काको भनाई छ ।

प्रकाशित : २०७९ जेष्ठ १९, बिहीबार २०:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ