फोहोर समस्या समाधान गर्न दिनरात खट्दै मेयर बालेन र उपमेयर सुनिता, मन्त्री झाँक्रीले सहयोग गर्ने !


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोल र शहरी विकास मन्त्री रामकुमारी झाँक्रीबीच भेटघाट भएको छ ।

भेटघाट काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दिगो समाधानको छलफलमा केन्द्रित रहेको बताइएको छ । बन्चरेडाँडा ल्याण्डफिल साइट निर्माणको अवस्था र सञ्चालनका लागि सहयोग गर्ने विषयमा मेयर-उपमेयरले मन्त्री झाँक्रीसँग कुराकानी गरेका छन् ।

बिहीबार मन्त्रालयमा मेयर साहले बन्चरेडाँडाको ल्याण्डफिल साइट सञ्चालन गर्नको लागि शहरी विकास मन्त्रालयलाई सहयोग गर्न आग्रह गरे । जवाफमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गर्नुपर्ने बताइन् ।

नवनिर्वाचित मेयर उपमेयरलाई मन्त्रालयमा बधाई दिँदै मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न सधैँ तयार रहेको समेत आश्वस्त पारिन् ।

मेयर साहले बन्चरेडाँडामा तत्काल फोहोर विसर्जनका लागि स्थानीयबासीलाई सहमत गराउने विषयमा पनि सहजीकरणका लागि आग्रह गरेका छन् ।

प्रकाशित : २०७९ जेष्ठ २०, शुक्रबार ०८:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ