सशस्त्र प्रहरीले देशभर खटाएको घुमुवा हटाइयो, असुली धन्दा रोक्ने प्रयास !


काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले सूचना संकलनका लागि खटाइएका घुमुवाहरूलाई फिर्ता गरेको छ ।

सादा पोशाकमा घुमुवा खटाउँदै आएको सशस्त्र प्रहरीभित्र विकृति बढेपछि हेडक्वाटरको निर्देशनमा घुमुवा प्रहरी हटाउन थालिएको हो ।

सादा पोशाकमा खटिएका चारसय घुमुवा प्रहरीलाई सम्बन्धित कार्यालय तानेर नियमित ड्युटीमा लगाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विदुर खड्काले जानकारी दिए ।

तराईका जिल्लाहरूमा सशस्त्रका युनिटहरूले घुमुवा प्रहरी खटाउँदै आएका छन् । सूचना संकलनका लागि भनेर खटाइएका घुमुवा प्रहरीहरू अवैध असुली लगायतका धन्दाहरुमा लाग्ने गरेको गुनासो आएपछि सशस्त्र आईजीपी राजु अर्यालको निर्देशनमा घुमुवा हटाउन थालिएको छ ।

मधेश प्रदेशको छिन्नमस्ता बाहिनीबाट खटिएका चार जना घुमुवा प्रहरीविरुद्ध पक्राउ पूर्जी नै जारी भएको थियो । हतियार किन्ने डिल गरेर पक्राउ गर्ने योजना सशस्त्रका घुमुवाले बनाएका थिए ।

प्रकाशित : २०७९ जेष्ठ २०, शुक्रबार १५:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ