मेयर रेणु दाहाल र इजरायली राजदूत गोदारबीच भेटवार्ता


भरतपुर । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र नेपालका लागि इजरायली राजदूत हानन गोदारबीच भेटवार्ता भएको छ ।

महानगरपालिकामा आज दुई देशबीचको सहकार्यबारे भेटवार्ता तथा छलफल भएको हो । भेटका क्रममा मेयर रेनु दाहालले नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि भएकाले इजरायली कृषि प्रविधि बढीभन्दा बढी प्रयोग गर्न चाहेको बताए ।

भेटका क्रममा मेयर दाहालले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरलाई रिसर्च सेन्टरका रुपमा विकास गर्न दुई देशबीच सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरिन् ।

चितवन कृषिमा अब्बल मानिन्छ । चितवन पोल्ट्री, दूध, केरा, मह, मासुमा आत्मनिर्भर छ । चितवन पोल्ट्रीको राजधानी भनेर परिचित छ । भरतपुर महानगरलाई कृषिको केन्द्रका रुपमा विकास गर्न विषेश कार्यक्रम ल्याइएको छ ।

चितवन कृषि उत्पादन तथा बजारका दृष्टिले महत्वपूर्ण ठाउँ भएकाले भगिनी सम्बन्ध कायम गर्न चाहेको मेयर दाहालले विचार व्यक्त गरिन् । भरतपुर सुन्दर, सफा, हराभरा सहरका रुपमा विकास गर्न र कृषिमा रोजगारी सिर्जना गर्न दुई देशबीच सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ ।

इजरायली राजदूत हानन गोदारले भरतपुरको कृषि क्षेत्रको विकासका लागि आफू सकारात्मक रहेको बताए । उनले इजरायबाट धेरै नेपालीले कृषि ज्ञान लिएर नेपालमा कृषि क्षेत्रमा अगाडि बढेको भन्दै खुसी व्यक्त गरे ।

इजरायल छोटो समयमा कृषिमा आधुनिकीकरण गरी धेरैभन्दा धेरै रोजगारी प्रदान गर्ने देशका रुपमा परिचित छ ।

प्रकाशित : २०७९ जेष्ठ २०, शुक्रबार १६:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ