भोलि शनिबार देशभर सार्वजनिक बिदा


काठमाडौं । गृह मन्त्रालयले भोलि शनिबार देशभर सार्वजनिक बिदा दिएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको चौंथो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकोले सार्वजनिक बिदा दिइएको जनाएको छ ।

गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको तथा जावलाखेल पुगेको चौंथो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परा रहेको छ ।’

सो परम्पराको अवसरमा भोलि २१ गते शनिबार राष्ट्रपति विद्या देवी भण्डारीको उपस्थितिमा कार्यक्रम रहेकोले उक्त दिन देशभर सार्वजनिक विदा रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : २०७९ जेष्ठ २०, शुक्रबार १९:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ