मेयर बालेनलाई प्रचण्डको सुझाव- जनतालाई केन्द्रमा राखेर काम गर्नुस्


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० सँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले भेटवार्ता गरेका छन् ।

मेयर साहले आज बिहान प्रचण्ड निवास खुमलटारमा पुगेर भेटेका हुन् । भेटका क्रममा अध्यक्ष प्रचण्डले मेयर साहलाई बधाई दिंदै देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सुझाव समेत दिए ।

अध्यक्ष प्रचण्डले बालेनको जित क्रान्ति भएको समेत उल्लेख गरे । सोही भेटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन लगायत समग्र विकासका विषयमा कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्डले बालेन र बालेन जस्तै स्वतन्त्रलाई सदैव आफ्नो र आफ्नो पार्टीको सहयोग रहने सोत बताए । बालेनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि भेटिसकेका छन् ।

प्रकाशित : २०७९ जेष्ठ २१, शनिबार ११:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ