नारायणी अस्पतालले दुई दिन विदा नमान्ने, आइतबार खुल्ला रहने


वीरगञ्ज । सरकारले देशभरका सरकारी संघ संस्था र कार्यालयमा हप्तामा दुई दिन विदा दिने निर्णय गरेपनि मधेस प्रदेशको सबैभन्दा ठूलो नारायणी अस्पतालमा आइतबार संचालनमा रहने भएको छ ।

इन्धनको खपत घटाउन भन्दै संघीय सरकारले यहि जेठ ४ गतेबाट प्रत्येक हप्ताको शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गर्यो । वीरगञ्जस्थित नारायणी अस्पताल भने आइतबार बन्द हुने छैन् ।

अस्पतालमा आइतबारका दिन पनि ओपिडी, शल्यक्रिया, लयाबलगायतका सबै नियमित उपचार सेवा सञ्चालनमा रहने अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित : २०७९ जेष्ठ २१, शनिबार १५:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ