मेरो त भविष्य नै समाप्त हुन्छ : नायिका मिरुना


काठमाडौं । नायिका मिरुना लामाले आफ्नो भविष्य नै समाप्त हुने बताएकी छन् । यता फुर्पा तामाङले आफूले गल्ती नगरे पनि गल्ती स्वीकार गर्दै मिलापत्रमा हस्ताक्षर गर्न बाध्य भएको दाबी गरेका छन् ।

भिडियो कुराकानीमा फुर्वाले हिरोइन मिरुनाले आफूसँग आफ्नो गल्ती देखिएमा करियर बिग्रने र फिल्म पनि नचल्ने भन्दै रोएपछि उल्टो आफैले गल्ती स्विकारेको बताएका छन् ।

सामाजिक सञ्जालमा शुक्रबारबाट भाइरल भिडियो संवादमा फुर्वाले हिरोइन मिरुना र फिल्म टिमप्रतिको दयाका कारण बाहिर जनमानसलाई देखाउनका लागि आफैँले क्षमा मागेको बताएका छन् ।

मिरुनाले आफूलाई जोगाइदिनु भनेर रोएपछि मात्र आफूले गल्ती स्वीकारेको फुर्पाको दाबी छ । उनले मिलापत्र कागजमा एक–अर्काको गलत बुझाइका कारण घटना भएको लेख्न खोजिए पनि नायिका मगरले आफ्नो करियर सकिने भन्दै बिलौना गरेपछि आफूले गल्ती स्वीकारेको बताएका छन् ।

फुर्पाले आफूले मिरुनामाथि कुनै दुर्व्यवहार नगरेको दाबी गरेका छन् । फिल्म हेरेर निस्किने बेलामा अरू दर्शकले ‘सेलिब्रेटी’ आएको भनेपछि आफू त्यतैतिर गएको फुर्पाको भनाई छ ।

मिरुनासँग सेल्फी खिच्न जाँदा भिडमा कसैले धकेलेका कारण उनलाई छोइएको उनले स्विकारेका छन्। आफ्नो हातले मिरुनालाई छोइएपछि उनले थप्पड हानेको र भिडसँग डराएर आफूले माफी मागेको उनले भिडियोमा दाबी गरेका छन् ।

फिल्म हलबाहिर आफूमाथि दुर्व्यवहार गरेको भन्दै मिरुनाले फुर्पालाई थप्पड हानेर माफी माग्न लगाएकी थिइन् । साथै उनले फुर्पालाई प्रहरीमा बुझाएकी थिइन् । दुई दिन हिरासतमा बसेर तीन हजार धरौटीमा छुटेलगतै १७ जेठमा मिरुनाले मिलापत्र गरेकी थिइन् ।

प्रकाशित : २०७९ जेष्ठ २१, शनिबार १८:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ