मेयर हर्क साम्पाङ पनि एक्सनमा : खोलामा ढुङ्गा-गिट्टी तस्करी गर्नेहरुको भागाभाग !


काठमाडौं । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङ स्थानीय खोला दोहन रोक्नका लागि आफै फिल्डमा उत्रिएका छन् ।

उनी प्रचण्ड गर्मीको प्रभाव नगरि धरान उपमहानगरपालिका ५ मा पर्ने अधेरी खोला पुगेर ढुङ्गा तस्करी रोकेका हुन् । केही सहयोगी र नगर प्रहरी लिएर सो खोला पुगेका उनले ढुङ्गा लोड गर्दै गरेको ट्याक्टर नियन्त्रणमा लिई ढुङ्गा खोलामै झार्न लगाए ।

उनले ट्याक्टर चालक र ढुङ्गा लोड गरिरहेका युवाहरुलाई सम्झाएर अबदेखि यो खोलामा कुनै पनि सामाग्री लिन नआउनु भनि एक पटकका लागि माफी दिदै छाडिएका छन् । पुनः खोला दोहनका लागि आएमा कानून अनुसार कार्वाही गर्ने मेयर साम्पाङले चेतावनी पनि दिए ।

केही युवाहरु धमाधम ढुंगा लोड गरिरहेका थिए । सुरुमा मेयर साम्पाङ सहितको टोलीलाई देख्न साथ ट्याक्टर सहित ढुङ्गा लोड गरिरहेका युवाहरु भाग्न खोजेका थिए ।

अधेरी खोलाबाट अत्यधिक ढुंगा, मिक्स गिट्टी चोरी तस्करी हुँदै आएको छ । मेयर हुन भन्दा अगाडी साम्पाङले खोलार चुरे दोहन रोक्न खोज्दा धरान उपमहानगरपालिकाका तत्कालिन मेयर तिलक राई निर्देशनमा गुण्डा लगाई उनी र उनको समूहमाथि आक्रमण भएको थियो ।

अबैध रुपमा ढुङ्गा, मिक्सगिट्टी निकालेको नियन्त्रण गरेर साधनसहित प्रहरीमा बुझाएपनि मिलेमतोमा छोडिदिने गरेपछि तस्करी मौलाएको स्थानीयले मेयर साम्पाङलाई जानकारी समेत गराएका छन् ।

उनीहरुले करिब डेढ दशकअघि अवैध खोला उत्खनन्को विरोध गर्दा एक जना स्थानीयले आफ्नो ज्यानसमेत गुमाएको जानकारी मेयर साम्पाङलाई गराएका छन् । उनीहरुले मेयर साम्पाङलाई कडाईका साथ खोला दोहन र तस्करी रोक्नका लागि अनुरोध समेत गरेका छन् ।

प्रकाशित : २०७९ जेष्ठ २१, शनिबार १९:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ