Sad Breaking : जनकपुरबाट भैरहवा हिडेको बस दुर्घटना, ९ जनाको मृत्यु


बुटवल । जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

आज बिहान करिब ४:३० बजेतिर रूपन्देहीमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ। बस सडकबाट रोहिणी नदीमा खसेको थियो।

राेहिणी गाउँपालिका वडा नम्बर ३ र ओमसतिया गाउँपालिका वठा नम्बर ४ मा पर्ने बसन्तपुरस्थित पुलबाट राेहिणी नदीमा बस खसेको प्रहरीको भनाइ छ।

लु २ ख ३८४१ नम्बरको बसमा बसमा ३३ जना सवार रहेकाे रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पाैडेलले बताए। घाइतेहरुकाे प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको छ।

दुर्घटनामा २४ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ।घाइतेको भैरहवास्थित भीम अस्पताल, सिद्धार्थनगर सिटी अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेकाे छ।

प्रकाशित : २०७९ जेष्ठ २२, आईतवार ०७:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ