डा. दिलाशा मिस नेपाल २०२२ को फाइनलमा भिड्ने, को हुन् उनी ?


रुपन्देही । चिकित्सा सेवामा रहेकी बुटवलकी डा. दिलाशा डोटेल मिस नेपाल- २०२२ को फाइनलमा भिड्ने भएकी छन् ।

उनले बुटवलको न्यू होराइजन बोर्डिङ स्कूलबाट एसईई र प्लस टु गरेको कलेजका सहायक प्राचार्य गोपाल आचार्यले बताए । उनी चितवन मेडिकल कलेज सीएमसीबाट एमबीबीएस उत्तिर्ण गरी सोही कलेजमा कार्यरत छन् ।

डा. डोटेलसहित २४ जना युवती यो प्रतियोगिताको फाइनलमा पुगेका हुन् । दिलाशा अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेसनलको चाइल्ड कोर्डिनेटर र ओरल हेल्थ नेपालको भाइस प्रेसिडेनटको रुपमा समेत सामाजिक क्षेत्रमा क्रियाशील छन् ।

डा. दिलाशाले खल्ती डटकम एपमार्फत आफूलाई धेरैभन्दा धेरै भोट दिएर मिस नेपाल २०२२ को फाइनलमा जिताउन अपिल गरेकी छन् । ४ असारमा प्रतियोगिताको फाइनल हुंदैछ ।

प्रकाशित : २०७९ जेष्ठ २२, आईतवार ०७:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ