माओवादीको निर्णय- नेतादेखि कार्यकर्तासम्मबाट वार्षिक १०० रुपैयाँ उठाउने


काठमाडौं । नेकपा माओवादी केन्द्रले नेतादेखि कार्यकतासम्मबाट वार्षिक १०० सय रुपैयाँ उठाउने निर्णय गरेको छ ।

आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति बैठकले पार्टी सदस्यबाट वार्षिक १०० सय लेवी उठाउने निर्णय गरेको पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताए ।

पार्टी कार्यालय सञ्चालनदेखि पार्टीका महत्वपूर्ण इभेन्ट सञ्चालन गर्न वार्षिक एकसय रुपैयाँ उठाउने निर्णय गरेको हो ।

कुल ८ लाख पार्टी सदस्यबाट वार्षिक एक सय रुपैयाँ उठाएमा कुल ८ करोड रुपैयाँ जम्मा हुने भएको छ ।

प्रकाशित : २०७९ जेष्ठ २२, आईतवार १५:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ