गगन थापाको चेतावनी : इम्बोस्ड नम्बरको नाममा तर्साउने काम बन्द नगरे अवज्ञा हुन्छ


काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगनकुमार थापाले इम्बोस्ड नम्बरको नाममा तर्साउने काम बन्द गर्न सुझाएका छन् ।

एक महिनाभित्र सवारी साधनमा इम्बोस्ड नम्बर राख्न भनेर सरकारले भनेको छ । सो विषयमा उनले तर्साउने काम बन्द नगरे अवज्ञा हुने चेतावनी दिए

प्रतिनिधिसभाको सोमबारको बैठकको सुरूमै सभामुखसँग समय लिएर बोल्ने क्रममा सांसद थापाले इम्बोस्ड नम्वरको नाममा तर्साएर नागरिकमाथि अत्याचार गरेको टिप्पणी गरे ।

सरकारले गरेको अपारदर्शी निर्णय र निकम्मापनको सजाय नागरिकलाई दिन खोजिए यसको अवज्ञा हुने उनको चेतावनी छ ।

सांसद थापाले इम्बोस्ड नम्बरको काम गर्ने कम्पनी असफल भइसकेको र निकै महँगोसमेत रहेको भन्दै यसबारेमा गम्भीर हुन सरकारलाई आग्रह गरे ।

सांसद थापाले सस्तो, सुविधाजनक ढंगले काम हुनुपर्ने भन्दै नागरिक तर्साउने काम बन्द गर्न चेतावनी समेत दिएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ २३, सोमबार ११:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ