जन्मदिन मनाउन बोलाएर किशोरीलाई पालैपालो सात जनाले गरे, त्यसपछि…


दाङ । बाँकेमा १६ वर्षीया एक किशोरीमाथि सामूहिक बला त्कार आरोपमा प्रहरीले प्रेमी भनिने किशोरसहित सात जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पीडित किशोरीलाई आफ्नो जन्मदिन छ भनेर बोलाउने (प्रेमी) बाँके बैजनाथ गाउँपालिका वडा नम्वर ८ का १७ वर्षीय किशोर र उनका ६ साथीहरू रहेका छन् ।

पक्राउ परेकाहरूमध्ये १ जना १७ वर्ष, दुई जना १६ वर्षका र अरू १८ वर्षमाथिका छन् । विक्रान्त थारु, निराजन थारु, राजकुमार थारु र विश्वनाथ थारु १८ वर्ष माथिका हुन् ।

उनीहरूलाई जिल्लाको विभिन्न स्थानबाट आइतबार दिनभर खोजतलास गरी नियन्त्रणमा लिइएको बांके प्रहरीले जनाएको छ ।

बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेका अनुसार प्रेमी भनिने ती किशोरले राप्ती गाउँपालिकाकी ती किशोरीलाई आफ्नो जन्मदिन मनाउन भनेर बर्दिया जिल्लास्थित मानखोला जंगलमा बोलाएका थिए ।

मानखोला बाँके र बर्दियाको सिमानामा पर्छ । प्रहरीका अनुसार ती किशोर र ती किशोरीको बीचमा विगत एक वर्षदेखि सामाजिक सञ्जाल फेसबुकमार्फत् चिनजान भएको थियो ।

ती किशोरले करकाप गरेपछि किशोरी मानखोला जंगलमा सार्वजनिक बस चढेर पुगेकी थिइन् । त्यहाँ पुगेपछि ती किशोरीलाई शनिबार बेलुकीपख किशोर र उनका साथी विक्रान्तले बर्दियाको बढैयाताल घुमाउन लगे ।

बढैयाताल घुमेर फेरि उनीहरू मानखोला जंगलको फूलबारी भन्ने ठाउँमा पुगे । त्यसपछि उनीहरूले घरेलु मदि रा सेवन गर्दै जन्मदिन मनाउन थाले । ती किशोरीलाई पनि करकाप गरी मदि रा सेवन गर्न लगाए ।

जब किशोरी मदि राले लठ्ठीइन्, त्यसपछि उनीमाथि किशोरसहित उनका साथीले सामूहिक बला त्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित : २०७९ जेष्ठ २३, सोमबार १५:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ