मेयर बालेन एक्सनमा : सडकमा फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्किदै !


काठमाडौं । उपत्यकाका सडकमा थुप्रिएको फोहोरको दुर्गन्ध हटाउन काठमाडौं महानगरपालिकाले केमिकल छर्कन थालेको छ ।

काठमाडौंका विभिन्न सडकमा थुप्रो लागेको फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्न थालिएको हो । सोमबार बिहानैदेखि नयाँ बानेश्वर, बिजुलीबजार, माइतीघरलगायतका क्षेत्रमा महानगरको ट्याकंरले केमिकल छर्किएको छ ।

सिसडोल ल्यान्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन ।

सिसडोलबासीले भने राज्यले आफूहरूसँग सम्झौता कार्यान्वयन नगरेको भन्दै काठमाडौंको फोहोर फाल्न अवरोध गर्दै आएका छन् ।

उनीहरूसँग छलफल गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल सिसडोल नै पुगेका थिए ।

छलफलका क्रममा मेयर साहले तत्कालका लागि केमिकल प्रयोग गरेर फोहोरको दुर्गन्ध हटाउने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित : २०७९ जेष्ठ २३, सोमबार १८:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ