हप्तामा २ दिन बिदा दिने निर्णय फिर्ता, अब शनिवार मात्र बिदा हुने !


काठमाडौं । सरकारले हप्तामा २ दिन बिदा दिने निर्णय फिर्ता लिएको छ ।

असार १ गतेदेखि लागु हुने गरी आइतबारको बिदा खारेज गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।

श्रममन्त्री किसान श्रेष्ठले परीक्षणका लागि हप्तामा २ दिन बिदा दिइएकोमा व्यवहारिक नभएकाले असारदेखि शनिवार मात्रै सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

यसअघि सरकारले जेठ १ गतेदेखि शनिवार र आइतबार गरी हप्तामा २ दिन बिदा निर्णय गरेको थियो ।

प्रकाशित : २०७९ जेष्ठ २३, सोमबार २०:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ